दाङ । दाङ प्रहरीले अत्याधुनिक हतियार सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल,त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले हिजो बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका उनिहरुलाइ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।
उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूलाई पक्राउ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ