ओलम्पिक : २६ स्वर्ण पदकको लागि भिडन्त हुने

सफल खबर संवाददाता

मंगलबार, १९ साउन २०७८, ११ : १५
ओलम्पिक : २६ स्वर्ण पदकको लागि भिडन्त हुने

एजेन्सी । टोकियो ओलम्पिकको एघारौं दिन आज विभिन्न ९ खेलका २६ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ ।

आज सबैभन्दा बढी एथ्लेटिक्समा ६ वटा स्वर्ण पदको टुंगो लाग्दैछ । ओलम्पिकको पदक तालिकामा अहिलेसम्म २९ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ ।

२२ स्वर्ण पदक जितेको अमेरिका दोस्रो स्थानमा छ भने १७ स्वर्णसहित जापान तेस्रो स्थानमा छ । चौथो स्थानको अष्ट्रेलियाले १४ स्वर्ण पदक जित्दा १२ स्वर्णसहित रुसी ओलम्पिक कमिटि पाँचौ तथा ११ स्वर्ण जितेको बेलायत छैटौं स्थानमा रहेको छ ।अहिलेसम्म ५७ देशले स्वर्ण पदक जित्दा ८० देशले पदक तालिकामा नाम लेखाएका छन् ।

प्रतिक्रिया दिनुहोस