काठमाडौं । गत असार १७ देखि साउन १६ सम्मको अवधि (जुलाई)मा दुई हजार ९९१ जना पर्यटक नेपाल भित्रिएका छन्। सन् २०१९मा कोभिड सुरु हुनुअघि सोही अवधिमा ४४ हजार ३६९ पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए।
त्यस्तै सन् २०२० को सोही अवधिमा १९५ जना पर्यटक हवाई मागबाट भित्रिएको पर्यटन बोर्डले जनाएको छ। जनवरीदेखि जुलाईसम्मको अवधिमा भने कुल ६१ हजार ४९ जना पर्यटक नेपाल भित्रिएका छन्। बोर्डका अनुसार जनवरीमा आठ हजार ७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल भित्रिएका छन्। अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६, जुनमा एक हजार १४३ पर्यटक नेपाल भित्रिएका हुन्। समीक्षा अवधिमा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय छन्।
हवाई मार्गबाट नेपाल भित्रिने भारतीयको सङ्ख्या हिस्सा ३६.९ प्रतिशत रहेको छ। त्यस्तै एसियाली मुलुकहरूबाट १३३ पर्यटक नेपाल आएका थिए। त्यसमध्ये दक्षिण कोरियाबाट सबैभन्दा धेरै ५८ जना भित्रिएका थिए भने चीनबाट ५० जना पर्यटक नेपाल आएका थिए। यस अवधिमा युरोपबाट ४१७ जना पर्यटक नेपाल भित्रिएका थिए।
त्यसमध्ये सबैभन्दा बढी बेलायतबाट १८५ पर्यटक नेपाल आएका थिए। त्यस्तै बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, जर्मनबाट ३४ पर्यटक नेपाल आएका थिए। अमेरिकाबाट १९, क्यानडाबाट ७, अस्ट्रेलियाबाट ५२ पर्यटक नेपाल भित्रिएका तथ्याङ्क बोर्डले सार्वजनिक गरेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १९ साउन २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ