वर्कसपमा अब यस्ता मेसिन अनिवार्य राख्नैपर्ने

पत्रपत्रिकाबाट

आइतबार, ०२ बैशाख २०७५, ०७ : ०२
वर्कसपमा अब यस्ता मेसिन अनिवार्य राख्नैपर्ने


काठमाडौं । वायु प्रदुषण्को प्रमुख कारक सवारी प्रदूषण भएको रिपोर्ट सार्वजनिक भएपछि प्रदूषण नियन्त्रणमा कडाइ गर्न थालिएको छ । अब वर्कसपले सवारीसाधन मर्मत सम्भमर गरेपछि प्रदूषण मापदण्ड जाँच गर्न अनिवार्य रुपमा मेसिन राख्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

वायु प्रदूषण ३८ प्रतिशत हिस्सा सवारी प्रदूषणको रहेको प्रतिवेदनले देखाएको छ । अन्नपूर्ण पोस्टले पृष्ठ ५ मा यो समाचार छापेको छ । यातायात व्यवस्था विभागले हालै जारी गरेको कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ मा वर्कसप सञ्चालन गर्दा सवारी प्रदूषण जाँच मेसिन अनिवार्य राख्नुपर्ने मापदण्ड तोकिएको हो ।

अब पेट्रोल गाडीको प्रदूषण जाँच गर्न 'ग्यास एनालाइजर' र डिजल गाडीको प्रदूषण जाँच गर्न 'स्मोक मिटर' एक थान अनिवार्य राख्नुपर्ने भएको छ । वर्कसपले गाडी मर्मत गरेपछि प्रदूषण मापदण्डअनुसार भयो/भएन जाँच गर्दा सवारीधनीलाई सहज हुने भएकाले मेसिन अनिवार्य गरेको यातायात व्यवस्था विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस