चितवनमा  लागुऔषधसहित एक जना महिला पक्राउ

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १७ : ३०
चितवनमा  लागुऔषधसहित एक जना महिला पक्राउ

चितवन । चितवनको भरतपुर–११ बाट अवैध लागुऔषधसहित एक जना महिला पक्राउ परेकी छिन् । सानु तामाङको घरमा लागुऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले घर खानतलासी गर्दा सानु तामाङलाई लागुऔषध सहित पक्राउ गरेको हो । 

प्रहरीले उक्त घरमा सानु तामाङलाई फेला पारी उनको शरिर तथा घर कोठामा खोजतलासी गर्दा सानु तामाङले लगाएको सुरुवालको बाँया खल्तीबाट लागुऔषध डाईजेपाम, फेनरागन, ब्युप्रिनोर्फिन ९÷९ एम्पुल तथा उनको घर कोठामा राखिएको काठको दराज भित्रको कालो रङको सेतो सोल भएको जुत्ताभित्र लागुऔषध डाईजेपाम, ब्युप्रिनोर्फिन, फेनरागन ९÷९ एम्पुल गरी जम्मा १८ एम्पुल डाईजेपाम, १८ एम्पुल ब्युप्रिनोर्फिन, १८ एम्पुल फेनरागन लागुऔषध सहित भरतपुर ११ बस्ने ४५ वर्षीया सानु तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । 

पक्राउ परेकी तामाङलाई चितवन जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान प्रकृया अगाडि बढाइएको थापाले बताए । 
 

प्रतिक्रिया दिनुहोस