एमाले ओली पक्षीय स्थायी कमिट बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १५ : ५२
एमाले ओली पक्षीय स्थायी कमिट बैठक सुरु

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटिको बैठक सुरु भएको छ। ललितपुरका च्यासलस्थित तुलसी लाल स्मृति भवनमा शनिबार स्थगित भएको बैठक सुरु भएको हो। बैठकमा माधव नेपाल पक्षका कोही पनि नेचा समेत सहभागी भएका छैनन्।

शनिबार नेपाल पक्षका नेताहरुसमेत उपस्थित भने भन्दै आइतबार आज सम्म बैठक स्थगित गरिएको थियो। दश बुँदे सहमितका आधारमा पार्टी एकता गर्नुपर्ने आफू पक्षीय नेताहरुको दबाबलाई नेता नेपालले अस्वीकार गरेका छन्।

पार्टीका आधिकारिक निर्णयमा ओलीसँगै आफ्नो पनि हस्ताक्षर हुनुपर्ने माग नेपालले राखेका छन् उक्त मागमा पूरा गर्न ओली तयार नभएपछि एमाले एकता अड्किएको छ।

दोस्रो तहका नेताहरुले पार्टी मिलाउन धौडधुप गरे पनि दुई शीर्ष नेताको अडानका कारण संभवन हुन सकेको छैन।

नेपाल नआएपछि उनी पक्षीय दोस्रा तहका नेताहरु आउने अपेक्षासहित ओलीले कोसिस गरे पनि सफल हुन सकेको छैन। आइतबारको बैठकले विधान महाधिवेशन, संठित सदस्यतालगायका विषयमा निर्णय गर्ने तयारी ओली पक्षले गरेको छ।

प्रतिक्रिया दिनुहोस