केन्द्रीय समिति बैठक १० दिन पछि सार्ने माओवादी स्थायी कमिटी बैठकको निर्णय

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १४ : २२
केन्द्रीय समिति बैठक १० दिन पछि सार्ने माओवादी स्थायी कमिटी बैठकको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गर्ने सार्ने निर्णय गरेको हो । 

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।त्यसैगरी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस