काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई खोपमा निमुखा जनतालाई प्राथमिकता दिन आगह गरेका छन् । उनले खोपलाई प्राथमिकता दिएको विषय ठीक भए पनि घोषणा गरेर आनान्दित नबन्न सुझाव समेत दिएका छन् ।
राजधानीमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘तपाईंले घोषणा गर्नु भएको छ, ठीक छ । तर, घोषणा गरेर आनान्दित नबन्नुहोस् ।’
नेपालका नेताहरूमा घोषणा गर्ने तर काम नगर्ने बानी रहेको भन्दै देउवालाई त्यस्तो नबन्न पनि सुझाव दिएका छन् । ‘नेपालका नेताहरुको बानी छ, घोषणा गर्ने तर काम नगर्ने,’ नेपालले भने, ‘तपाईं यस्तो नबननुहोस् ।’
खोपमा निमुखालाई प्राथमिकता दिन पनि उनले आग्रह गरे । नेपालले भने, ‘तपाईंले जनतालाई बचन दिनुभएको छ( पहिलो प्राथमिकता खोप हो, दोस्रो प्राथमिकता खोप हो र तेस्रो प्राथमिकता खोप हो । त्यो काम गर्नुहोस्, निमुखा जनतालाई प्राथमिकता दिनुहोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ साउन २०७८, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल