राजनितिक नियुत्ति लिन प्रधानमन्त्री पत्नी आरजू रिझाउदैं काँग्रेसी नेता, कार्यकर्ता

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १० : ३२
राजनितिक नियुत्ति लिन प्रधानमन्त्री पत्नी आरजू रिझाउदैं काँग्रेसी नेता, कार्यकर्ता

काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भयो । सरकार गठनलाई केपी ओलीको जयादती विरुद्धको जनमतका रुपमा समेत लिइएको छ । ओलीले साढे तीन वर्षसम्म सरकार चलाउँदा मुलुकको सम्पूर्ण विधि विधानलाई खण्डित मात्रै गरेनन्, नेपाली जनताको चाहनामाथि तुषारापात गर्ने काम गरे । ओलीको असंवैधानिक ज्यादती विरुद्ध अरु सबै राजनीतिक दल एक ठाँउमा उभिए । आन्दोलन गरे, जनपरिचालन गरे । सर्वोच्च अदालतले पनि जनताको पक्षमा नै फैसला सुनाइदियो ।

सर्वोच्चले किटान नै गरेर काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दियो । सरकार पनि गठन भयो । गठन भएसँगै लामो समयसम्म सत्ता बाहिरु बस्नु परेकोले कार्यकर्ता माझ एक किसिमको उत्साह थपिएसंगै त्यसभित्रका केही नेता, कार्यकर्ताहरु लौ मौका आयो, खान पाइने भयो भन्दै भोकाएको सिंहले जस्तो गर्न थालेका छन् । जानकार स्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजू देउवामार्फत उनीहरु स्वार्थ सिद्ध गर्न लागिपरेका छन् । उनीहरु प्रधानमन्त्री पत्नी आरजू मार्फत आफ्नो स्वार्थ सिद्ध गराउन लागिपरेका छन् । 

जानकार स्रोतका अनुसार नेपालको शैक्षिक क्षेत्रका माफियाका रुपमा स्थापित उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुको पछाडि पनि उनीहरुकै हात रहेको छ । स्रोतका अनुसार ४२ वर्षअघि रित्तो हात काठमाडौं आएका उमेशले काठमाडौंमा अहिले अर्बौको सम्पत्ति जोडेका छन् । उनको सम्पत्ति जोड्ने तरिका केहीमा वैध भएपनि अधिकांशमा अवैध नै रहेको छ ।  अवैध तरिकाले सम्पत्ति जोडेका श्रेष्ठलाई काँग्रेसले मोटो रकम लिएर सांसद बनाएको चर्चा पहिल्यै चलेको हो ।

स्रोतका अनुसार नेपालको शैक्षिक क्षेत्रका माफियाका रुपमा स्थापित उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुको पछाडि पनि उनीहरुकै हात रहेको छ । स्रोतका अनुसार ४२ वर्षअघि रित्तो हात काठमाडौं आएका उमेशले काठमाडौंमा अहिले अर्बौको सम्पत्ति जोडेका छन् । उनको सम्पत्ति जोड्ने तरिका केहीमा वैध भएपनि अधिकांशमा अवैध नै रहेको छ ।  अवैध तरिकाले सम्पत्ति जोडेका श्रेष्ठलाई काँग्रेसले मोटो रकम लिएर सांसद बनाएको चर्चा पहिल्यै चलेको हो ।

प्रतिनिधिसभाको निर्वाचनपछि नै समानुपातिक सांसद चयन गर्ने बेलामा नै आरजुमार्फत उमेश सांसद बन्न सफल भएको बुढानिलकण्ठदेखि बोहोराटारसम्म चर्चा भएको थियो । सोही चर्चाका बीच उमेशको सांसद पदका बारेमा खासै चर्चा भएको थिएन । पछिल्लो पटक देउवाले उमेशलाई स्वास्थ्य राज्यमन्त्री बनाए ।  गठबन्धन दलका बीचमा कुनै छलफल नै नगरी देउवाले एकलौटी तरिकारले उमेशलाई राज्यमन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भएको छ । प्रधानमन्त्री पत्नी आरजू र उमेशबीच व्यापारिक सम्बन्ध रहेको जानकारहरु बताउँछन् । विद्यालय, जलविद्युत् तथा अस्पतालदेखि हाउजिङमा समेत लगानी गरेका उमेश र आरजुले मिलेर केही व्यवसाय समेत गरिरहेका छन् ।

आरजुलाई फकाएर उमेश मन्त्री बनेको र त्यसले गठबन्धनको भावना विपरित काम गरेको भन्दै देउवाको आलोचना भएको छ । गठबन्धनको अनुसार काम गर्न, व्यापारीलाई मन्त्री नबनाउन पाँच दलीय गठबन्धनको बैठकमा समेत चर्चा चलेको थियो । ओलीले संविधान मिचे, कानुन मिचे भनेर सबै दल एक ठाँउमा उभिएको प्रसंग जोड्दै सबै दलले अब आइन्दा त्यस्तो गल्ती नगर्न प्रधानमन्त्रीलाई सचेत समेत गराएका छन् । शैक्षिक माफिया भन्दै प्रा. डा. गोविन्द केसीले उमेशलाई राज्यमन्त्री पदबाट वर्खास्त गर्न माग समेत गरेको अवस्था छ । 

उता राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका विश्व पौडेल पनि प्रधानमन्त्री पत्नी आरजूको विद्यालयको कर्मचारी रहेको खुलेको छ । आरजुले सञ्चालन गर्ने खुमलटारमा रहेको उलन्स स्कूलको कर्मचारी हुन् । आरजूको विद्यालबाट टिपेर आयोगको उपाध्यक्ष बनाइएको भन्दै यसबारेमा समेत आलोचना शुरु भएको छ । काँग्रेसभित्र राजनीतिक नियुक्तिका लागि योग्य र काबिल मानिस नभए झै गरी आरजूलाई नाता लगाएर नियुक्ति गरिए त्यसले देउवा र ओलीमा खासै फरक नदेखिने नागरिक स्तरबाट टिप्पणी हुन थालेको छ । 

पाँच पाँच पटक मुलुकको कार्यकारी प्रमुख भएका देउवाले यसकार्यकालमा प्रभावकारी काम गर्ने भए काबिल मानिस खोजेर नियुक्ति गर्नु जरुरी छ । अन्यथा, ओली र उनमा कुनै पनि प्रकारको फरक देखिने छैन । किनकी, वर्तमान सरकार नयाँ कार्यभारसहित खडा भएकाले पनि कमजोरी गर्ने छुट छैन् । किनकी, ओलीले धरापमा पारेको संविधान, संघीयता, धर्मनिरपेक्षता तथा समावेशी, समानुपातिक प्रतिनिधित्वलाई थप संस्थागत जानुपर्ने कार्यभार यो सरकारको काँधमा रहेको छ । यस्तै, कोरोनाका कारण समसयमा परेको अर्थतन्त्रलाई सही मार्गमा ल्याउन पनि जरुरी छ । 

सरकारले जनतलाई राहत दिन कुनै पनि कन्जुस्याई गर्न नहुने अवस्था छ । ओलीले धरापमा पारेको अर्थतन्त्र, मित्रराष्ट्रसँगको सम्बन्धलाई पनि सही मार्गमा ल्याउनुपर्ने कर्तव्य छ । त्यसकारण देउवा नेतृत्वको गठबन्धन सरकारलाई कुनै पनि छुट छैन् । आरजुको सोर्स फोर्स लगाएर राजनीतिक नियुक्ति खान खोज्नेलाई जनतामा गएर काम गरेर आउने आदेश दिन देउवा तयार हुनुपर्छ । 

वर्षौ दुःख गर्ने कार्यकर्तालाई पन्छाएर शक्ति पाएपछि त्यसैको वरीपरी घुम्न खोज्नेलाई कारवाही गर्न खुट्टा कमाउनु हुँदैन् । शक्तिले मान्छे अन्धो हुन्छ तथ्य त ओलीले पुष्टि गरिसकेका छन् । त्यसकारण लय मिलाएर, निर्णय गर्दा सोची विचारी गर्न काँग्रेस कार्यकर्ताले समेत देउवालाई सुझाव दिएका छन् । अन्यथा जुन जोगी आएपनि कानै चिरेको भन्ने नेपाली उखान सावित हुने राजनीतिक जानकारहरुको भनाइ छ । 
 

प्रतिक्रिया दिनुहोस