काठमाडौँ । आधिकारिकता पाएसंगै जसपाको उपेन्द्र यादव समुहले आज संसदीय दलको नेता आज चयन गर्दैछ । नेता चयनका लागि आज बिहान ११ बजे बैठक बस्न लागेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयन गर्नका आज चुनाव गर्ने निर्णय गरेको थियो । सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका छन् ।
मंगलबारदेखि चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्यविभाजन गरेको थियो । जसअनुसार नवराज सुवेदीलाई पार्टीभित्र पर्ने उजुरी छानविन गर्ने समितिको संयोजक बनाइएको छ ।
यस्तै नरसिंह चौधरीलाई लक्ष्मणलाल कर्णको ठाउँमा अनुशासन समितिको संयोजक बनाइएको छ । जसपाको यसअघि बसेको बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ ।
तर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्ने नेताहरुको नामावली माग गर्दा पनि जसपाले पठाउन सकेको छैन । मन्त्री छान्न उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई जिम्मा दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ साउन २०७८, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता