सत्ता परिवर्तनसँगै दलहरु भित्र मन्त्री बन्न तछाडमछाड, मन्त्री नपाए जे पनि गर्ने धम्की

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, ०८ : ३१
सत्ता परिवर्तनसँगै दलहरु भित्र मन्त्री बन्न तछाडमछाड, मन्त्री नपाए जे पनि गर्ने धम्की

काठमाडौं । संवैधानिक कदम चाल्दै आएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः सर्वोच्चको आदेशसंगै सत्ताच्यूत भएका छन् । सत्ताको आडमा जे गरे पनि हुन्छ भन्ने मनोमानीलाई सर्वोच्चले ठेगान मात्र लगाएको छैन, सत्तारोहण हुने दल र व्यक्तिलाई रामै पाठ सिकाएको छ । तर जे जस्तो भएपनि राजनितिमा लागेकाहरुको महात्वकांक्षा अन्ततः पद नै हुने रहेको छ । त्यसको संकेत अहिले सत्ता परिवर्तन भएसंगै देखिन थालेको छ । 

आर्दशका लागि लडेका मानिसहरु लोभी पापी हुँदैनन् र उनीहरु आर्दश हुन् भनिन्थ्यिो । तर, नेपालको हकमा भने क्रान्तिबाट आएका माओवादी नेताहरु मन्त्री बन्न तछाडमछाड गरेको देख्दा धेरैलाई आश्चर्यचकित बनाएको छ । पछिल्लो पटक, नेकपा (माओवादी केन्द्र) भित्र मन्त्री बन्नका लागि मारामार शुरु भएको छ । मन्त्री बनाउन भन्दै धेरैले दबाव दिएपछि केही दिन पहिले अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रममा नै ४९ जनाले नै मन्त्री बन्न खोजेकाले आफू तनावमा रहेको बताएका थिए । 

गठबन्धन सरकारमा माओवादीले बढीमा सात मन्त्रालय पाउने अवस्था छ । सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस, उपेन्द्र यादवको पार्टीलाई पनि मिलाउनुपर्ने छ । यस्तै, माधव नेपाल समूह सरकारमा आउन चाहेको खण्डमा उनीहरुलाई पनि भाग पु¥याउनुपर्ने वाध्यता रहेको छ । यो बाध्यताका बीचमा मन्त्री छान्नुपर्ने दबाव रहेको छ । दबावका बीचमा सबैले मन्त्री हुन खोजेपछि पार्टी नेतृत्वलाई तनाव हुनु स्वभाविक नै हो ।

कोही एक पटक पनि अवसर नपाएका छन् । कोही भने पटकौ पटक मन्त्री भएका छन् । मन्त्री बन्न प्रचण्डलाई दबाव दिनेमा कृष्णबहादुर महरादेखि नारायणकाजी श्रेष्ठसम्म छन् । यस्तै हरिबोल गजुरेलदेखि शक्ति बस्नेतसम्म देखिएका छन् । उनीहरु मन्त्री खान ज्यान फालेर लागेका छन् । कोही कोहीले त यसपटक पनि मन्त्री नबनाए आत्महत्या गर्नेसम्मको धम्की दिएका छन् । यो समस्या माओवादीमा मात्रै होइन, काँग्रेसमा समेत उस्तै रहेको छ । काँग्रेसका नेताहरु पनि मन्त्री बन्न लिगलिगे दौड शुरु गरिसकेका छन् । कोही कोहीले त दौरा सुरुवाल सिलाएर आइरन लगाएर तयार पारेर बसेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको समूहमा रहेकालाई पनि मन्त्री चाहिएको छ । 

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहलाई पनि मन्त्री चाहिएको छ । जसरी भएपनि मन्त्री बन्नु परेको छ । कति जनाले मन्त्री हुन पाउने हो कुनै ग्यारेन्टी छैन् । तर, पाए राम्रै नपाए सामान्य मन्त्रालयको भएपनि मन्त्री बन्नु परेको छ । मन्त्री नभए जयान नै जाला जसरी उनीहरु प्रस्तुत भएका छन् । जसरी भएपनि मन्त्री बन्नुपर्ने  र पदमा बस्नुपर्ने उनीहरुको भनाइ छ ।

उनीहरुले मन्त्री बनाउन पार्टी नेतृत्वलाई तिव्र दबाव दिएका छन् । खान नपाएर भोकाएको जसरी मन्त्री पद नै सबै हो भन्ने मान्यता सबै दलमा देखिएको छ । संविधान अनुसार २५ जनालाई मात्रै मन्त्री बनाउनुपर्ने व्यवस्था छ । तर, मन्त्री हुनैपर्ने संख्या हेर्दा १५० जना भन्दा बढी देखिएको छ । 

उता माओवादी छाडेर ओलीको गुटमा ठूलो भाग खान गएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहहरुले आफू एमालेमा नगएको र माओवादी केन्द्रको नै सांसद भएको भन्दै सर्वोच्च अदालतमा गएर नाटक देखाएका छन् । उनीहरुले आफूहरु एमाले प्रवेश नगरेको जस्ता कुतर्क गरेका छन् । ओली गुटमा पद र भाग नपाएपछिे सर्वोच्च गएर रमिता देखाएको भन्दै सामाजिक सञ्जालमा उनीहरुको आलोचना शुरु भएको छ । 
 

प्रतिक्रिया दिनुहोस