हराएकी ६ वर्षीया बालिकाको शव इनारमा फेला

रासस

शुक्रबार, १५ साउन २०७८, १५ : १२
हराएकी ६ वर्षीया बालिकाको शव इनारमा फेला

सांकेतिक तस्वीर

धनुषा । गणेशमान चारनाथ नगरपालिका– १० बरमाझियाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ । सोमबार विहान घरबाटै  हराइरहेकी प्रीति यादवको शव आज इनारमा फेला परेको हो ।  

बालिका पिता वीरेन्द्र यादवका अनुसार  सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।  शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।