सिसिएमसी निर्देशक समितिको बैठक आज बस्दै

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १० : ५१
सिसिएमसी निर्देशक समितिको बैठक आज बस्दै

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आगामि रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो ।

 बैठक आज  अपरान्ह ४ बजे बस्ने भएको छ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन्। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुन्छन्।

प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज अपरान्ह ४ बजे सिंहदरबारमा समितिको बैठक बस्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस