ओलम्पिकमा गौरिकाको औसत प्रदर्शन, हिटमा तेस्रो

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, ११ : २४
ओलम्पिकमा गौरिकाको औसत प्रदर्शन, हिटमा तेस्रो

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडीबाज गौरिका सिंहले औसत प्रदर्शन गरेकी छन् ।

टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको १ सय मिटर फ्रिस्टाइलमा सिंहले निर्धारित दूरी १ मिनेट ११ मिलिसेकेन्डमा पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । योसंगै सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ ।

यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८।१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

यसअघि मंगलबार पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह ९एलेक्स० ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

एलेक्सले निर्धारित दुरी ५३।४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५।३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सले अर्को चरणमा भने स्थान बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस