काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद फेरि बल्झेर छानबिन समितिमै पुगेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए।
नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले हिजोमात्रै पार्टीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्।
आज करिब चार घण्टा बसेको बैठकमा क्रियाशील सदस्यताकै विषयमा छलफल भएको प्रवक्ता शर्माले बताए। भोलि २ बजे पुनः पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने र क्रियाशील सदस्यताबारे टुंगो लगाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ साउन २०७८, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु