काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद फेरि बल्झेर छानबिन समितिमै पुगेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए।
नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले हिजोमात्रै पार्टीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्।
आज करिब चार घण्टा बसेको बैठकमा क्रियाशील सदस्यताकै विषयमा छलफल भएको प्रवक्ता शर्माले बताए। भोलि २ बजे पुनः पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने र क्रियाशील सदस्यताबारे टुंगो लगाउने उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ साउन २०७८, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो