नयाँ वर्षमा सिस्नोले हानेर सत्कार

पत्रपत्रिकाबाट

शनिबार, ०१ बैशाख २०७५, ०८ : ५८
नयाँ वर्षमा सिस्नोले हानेर सत्कार


अछाम । नयाँ वर्षको सुरुवातसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ ।
सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने प्रचलन प्रदेश नम्बर ७ का पहाडी जिल्लामा छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा बझाङ, बाजुरा र बैतडीमा बैशाख १ गते धुमधामले बिसु पर्व मनाइन्छ । समाचारमा लेखिएको छ, बिसु पर्वमा देवर–भाउजु, नन्द–भाउजु, साली–भिनाजुले एक–अर्कोलाई सिस्नोले हान्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस