काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा भएको सवारी दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । बाराबंकी जिल्लामा भएको दुर्घटनामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । भने १९ जना घाइते भएका छन् ।
लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ साउन २०७८, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु