काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा भएको सवारी दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ । बाराबंकी जिल्लामा भएको दुर्घटनामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । भने १९ जना घाइते भएका छन् ।
लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ साउन २०७८, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा