३३ किलो सुन प्रकरणः चौधरी र बनले किन गरे आत्महत्या ?

पत्रपत्रिकाबाट

शनिबार, ०१ बैशाख २०७५, ०८ : ५६
३३ किलो सुन प्रकरणः चौधरी र बनले किन गरे आत्महत्या ?


काठमाडौं । तस्करीको साढे ३३ किलो सुन काण्डमा तीन जनाको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् ।

तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रमलाल चौधरीले शुक्रबार आत्महत्या गरे । आजको नयाँ पत्रिकामा खबर छ । प्रहरीले चौधरीसहित सोही एयरलाइन्सका हेड लोडर राजन थापालाई गत बुधबार पक्राउ गरेको थियो । प्रहरीले मोबाइल नियन्त्रणमा लिएपछि उनमा चिन्ता बढ्दै गयो । सँगै पक्राउ परेका थापासँग उनले ‘अब जेल जाने भइयो’ भन्दै चिन्ता व्यक्त गर्थे । हिरासतमा राखिएको तीन दिनमै उनले ट्वाइलेटको ढोकाको कब्जामा सुरुवालको पासो बनाएर आत्महत्या गरे ।

प्रहरीका अनुसार अर्का आरोपी सानु बन पनि सुरुमा निर्धक्क नै थिए । जब उनको मोबाइल नियन्त्रणमा लिएर भाइबर र फेसबुक अकाउन्ट हेरियो, त्यसपछि हतास बने । प्रहरी उच्च स्रोतका अनुसार उनले हिरासत कक्षमै आत्महत्या गरेका हुन् । चौधरीसँगै पक्राउ परेका थापालाई भने थप अनुसन्धानका लागि शुक्रबारै मोरङस्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

प्रतिक्रिया दिनुहोस