उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १५ : १९
उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

काठमाडौँ । पूर्वसभामुख तथा माओवादीका नेता कृष्णबहादुर महरालाई उच्च अदालतले सफाइ दिएको छ । उनले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएका हुन् । 

मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गरेको हो । काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई उच्च अदालतले सदर गरेको हो । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो । जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझाएर सरकारी वकिलको कार्यलयले पुनरावेदनका लागि उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोपपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो । उनी असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस