बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भन्नु अधिनायकवादी चरित्र : गंगा चौधरी

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १३ : ४२
बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भन्नु अधिनायकवादी चरित्र : गंगा चौधरी

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताइन् ।

चौधरीले भनिन्, ‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होयन समस्थ थारु सुमदायको अपमान पनि हो । नारदमुनी रानाकोमात्र सवाल होइन,बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो ।’

साउन १० गतेको बैठकमा एमाले नेता नेपालले नारमुनीलाई प्रतिगमनको मतियार भन्दै बाहिर जान चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस