भारतमा अाईपीएल: नेपालमा करोडौंको सट्टाबाजी

पत्रपत्रिकाबाट

शनिबार, ०१ बैशाख २०७५, ०८ : २३
भारतमा अाईपीएल: नेपालमा करोडौंको सट्टाबाजी


वीरगञ्ज । भारतमा चैत २३ इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगञ्जमाखेलको हारजितका लागि सट्टा व्यापक रूपमा चलिरहेको छ ।

आईपीएलको सट्टाबाजीमा दैनिक अधिकतम एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

आईपीएलको हारजितको बाजी लगाउनेमा क्रिकेटप्रेमी युवा मात्र नभई औद्योगिक घरानाका प्रतिनिधि, राजस्व छलेर सामान भित्र्याउने कारोबारी, राजनीतिक दलका नेतादेखि ठेकेदारसम्म छन् । वीरगञ्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरूले गोप्य रूपमा कार्यालय नै सञ्चालन गरेका छन् ।

आईपीएल म्याचमा हारजितको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यापारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रका घरमा कोठा भाडामा लिएर दलालले गोप्य रूपमा सट्टाबाजी कार्यालय सञ्चालन गरेका हुन् ।

सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्तकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ ।

वीरगञ्जमा आईपीएलको सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरू दलाल मत्रै हुन् । सट्टाबाजको मुख्य गिरोह भारत राजस्थानको जयपुरमा छ ।

जयपुरमा रहेका सट्टाबाजको गिरोहले वीरगञ्जमा छ व्यक्तिलाई दलाली गर्ने जिम्मा दिएका छन्।

प्रतिक्रिया दिनुहोस