काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ । जसपाको आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका विषयहरुमा छलफल गर्न गठबन्धन दलका नेताहरु छलफलमा जुटेका हुन् ।
यिनै विषयमा छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । दुवैजना बिच यही विषयमा केन्द्रित भएर छलफल भएको एक नेताले बताए ।
प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बुढानीलकण्ठतर्फ लागेका छन् । पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । देउवाले पार्टीमा सल्लाह नगरी मन्त्रीहरु नियुक्त गरेकोमा कांग्रेसभित्र पनि असंतुष्टि बढेको छ ।
जसपाको आधिकारिकता उपेन्द्र यादवले पाइसकेपछि अब सरकारमा सहभागी हुने बाटो खुलेको छ । यादवले तत्कालै जसपा सरकारमा जाने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा