काठमाडौं । भद्र र शालिन स्वभावका महन्थ ठाकुरको एउटै गल्तीले जीवनकै उतरार्धमा उनको राजनीतिक जीवन धरापमा परेको छ । लामो समय काँग्रेसमा रहेर राजनीति गरेका महन्थ २०६४ सालयता मधेस केन्द्रीत दलको राजनीति गरिरहेका थिए । तर उनले तत्कालिन प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको असंम्वैधानिक कदमलाई साथ दिँदै ओलीको संकट टार्न आफनो पार्टीभित्र परेको भ्वाङ टार्न नसकेपछि अन्ततः पार्टी विमुख हुन पुगेका छन् ।
जसपाका दुई अध्यक्ष थिए । चौध महिना अगाडी ओलीकै कारण पार्टी विभाजन गर्न खोजेको भन्दै तत्कालिन राष्ट्रिय जनता पार्टी (रापजा) र समाजवादी पार्टीका बीचमा एकता गरेर उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतोहरुले जनता समाजवादी पार्टी (जसपा) निर्माण गरेका थिए । तर त्यही पार्टी महन्थले गुमाएका छन् । उनी जीवनकै सबैभन्दा अप्ठयारो अवस्थामा आईपुगेका छन् । सोमबार निर्वाचन आयोगले पार्टीको आधिकारिता विवादमा उपेन्द्र यादव पक्षलाई जसपाको तालाचाबी बुझाईदिएपछि महन्थको राजनीति धरापमा परेको हो ।
उनले ओलीको लंगौटिया भई उनको असम्वैधानिक कदमलाई साथ नदिएको भए, पार्टीभित्रै छलकपटपूर्ण राजनीति नगरी पारदर्शी छलफल गराएको भए र पार्टीभित्र ओलीलाई साथ दिने नदिने विषयमा विवादमा नलगेको भए अहिले यो अवस्था आउने थिएन् । त्यही एउटा गल्तीका कारण अहिले महन्थको राजनीतिक जीवन धरापमा पर्न गएको हो । ओली सत्ताबाट बाहिरिएको दुई सातामै महन्थलाई पनि झट्का लागेको छ ।
चौध महिना अगाडी ओलीकै कारण पार्टी विभाजन गर्न खोजेको भन्दै तत्कालिन राष्ट्रिय जनता पार्टी (रापजा) र समाजवादी पार्टीका बीचमा एकता गरेर उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतोहरुले जनता समाजवादी पार्टी (जसपा) निर्माण गरेका थिए । तर त्यही पार्टी महन्थले गुमाएका छन् । उनी जीवनकै सबैभन्दा अप्ठयारो अवस्थामा आईपुगेका छन् । सोमबार निर्वाचन आयोगले पार्टीको आधिकारिता विवादमा उपेन्द्र यादव पक्षलाई जसपाको तालाचाबी बुझाईदिएपछि महन्थको राजनीति धरापमा परेको हो ।
महन्थसँग रहेको विकल्प
उपेन्द्र बाबुराम पक्षको जसपालाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि महन्थका सामु अब विकल्प खुम्चिएका छन् । उनका अगाडी अब ३ वटा मात्रै विकल्प छ । पहिलो, निर्वाचन आयोगको निर्णयपछि नयाँ दल दर्ता प्रक्रियामा जाने, दोस्रो, आयोगको निर्णयउपर सर्वोच्च अदालतमा जाने र तेस्रो, जसपामै उपेन्द्र यादवहरुले जे जस्तो भूमिका दिन्छन्, त्यसैलाई स्वीकार गरेर जसपाभित्रै रहने ।
यो तीन वटा विकल्प भन्दा अर्को विकल्प अब महन्थ ठाकुर पक्षसँग छैन् । तर यो निर्णय लिईरहदा महन्थका लागि अर्को थप एउटा संकट पनि आईलागेको छ । त्यो हो, आफना निर्वाचित जनप्रतिनिधीको हैसियत के हुने ? उनले जसपामै बसेर उपेन्द्र बाबुरामले दिएको भूमिकामा खुम्चिएर बसेमा आफ्नो पक्षमा लागेका जनप्रतिनिधीको पद जोगाउन सक्नेछन् । तर नयाँ दल दर्ताको प्रक्रियामा गएमा जनप्रतिनिधीको पद समेत गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
आयोगको निर्णय उपर सर्वोच्च अदालत गएमा उनको मागको सम्वोधन हुने सम्भावना अधिक न्यून छ । कारण निर्वाचन आयोगले लामो छलफल दुवै पक्षलाई गराउने देखिका सबै प्रक्रिया पूरा गरेर न्यायोचित निर्णय नै गरेको छ । आयोगले विवाद मिलाउन दुवै पक्षका नेतालाई आयोगमा बोलाएर सहमतिको प्रयास गर्दा दुवैले अलग हुने भनी निर्वाचन आयोगलाई आधिकारिकता टुंग्याउन सहमत दिएर माइन्यूटमै हस्ताक्षर गरेर हिडेका थिए ।
त्यसपछि आयोगले ५ सदस्यीय इजालस नै गठन गरेर दुवै पक्षका कानुन ब्यवसायीलाई नै बहसमा उतारेर सुनुवाई पनि गरेका थिए । त्यसपछि पनि विवाद अगाडीको केन्द्रीय कार्यकारिणी समितिका सबै सदस्यलाई आयोग परिसरमै सक्कल नागरिकता सहित बोलाएर हेडकाउन्ट सनाखत नै गरेपछि उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्णय लिएको थियो । यसले पनि यादव पक्ष न्यायकि निरुपणको माग गर्दै सर्वोच्चको ढोका ढक्कढकाउन पुगेपनि उपेन्द्रकै पक्षमा अदालतले निर्णय दिने सम्भावना अधिक छ । जसकाकारण अदालतबाट पनि महन्थलाई लागेको चोटमा मलाम लाग्ने सम्भावना करिब छैन भन्दा पनि हुन्छ ।
यसले गर्दा अब जसपामै बसेर आफ्ना समुहका जनप्रतिनिधीको पद जोगाउने या नयाँ दल दर्ता गर्ने भन्दा महन्थको अगाडी अर्को विकल्प देखिएको छैन् । निर्वाचन आयोगको सोमबारको हेडकाउन्टका आधारमा महन्थसँग केन्द्रीय कार्यकारिणी समितिमा ३१ र प्रतिनिधिसभामा ३७ प्रतिशत मात्र सदस्य देखिएका छन् । जनप्रतिनिधीको पद सहित सबै जोगाउन उनले संसद र पार्टी दुवैमा ४० प्रतिशत सदस्य संख्या पुरयाउनु पर्ने कानुनी ब्यवस्था छ । तर महन्थसँग त्यो संख्या नदेखिएको कारण उनले जसपामा नरही नयाँ दल दर्ता गर्न खोजेमा उनका पक्षमा रहेका जनप्रतिनिधीको पद धरापमा पर्ने भएको छ ।
यो अप्ठयारो पनि महन्थले एकैचोटी सामना गर्नुपर्ने अवस्था निम्तेको छ । प्रतिनिधिसभा र पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या पुर्याए मात्र ठाकुर पक्षले आफ्ना सांसद लगायतका जनप्रतिनिधी जोगाउन सक्ने देखिन्छ । ‘नयाँ दल दर्ता गर्दा ठाकुर पक्षमा रहेका संघ र प्रदेशका सांसदसहित स्थानीय तहका जनप्रतिनिधि सबैको पद जान्छ । कानुनी रूपमा ४० प्रतिशत पुगेमा बाहेक संविधान र कानुनले जनप्रतिनिधिको पद जोगाउन सक्ने व्यवस्था गरेको छैन् ।
त्यसका लागि उनको अर्को विकल्प पनि छ । जारी संसद अधिवेशन सरकारले अन्त्य गर्ने र अध्यादेश माग गरेर पार्टी विभाजन सम्वन्धी ब्यवस्थामा खुकुलो प्रावधान राख्न लगाईदिने । तर त्यसका लागि पनि सरकारले ग्रिन सिग्नल सहज देखाउन सक्ने देखिदैन् । यसका लागि उपेन्द्र यादव पक्ष र अन्य गठबन्धन दलसँगको सहमति विना महन्थको अप्ठयारो देउवाले सहज फुकाउन सक्दैनन् । महन्थले विश्वासको मत अन्तिम समयमा देउवालाई दिएकाकारण त्यो माग गर्न सक्छन् । तर त्यसका लागि देउवाले अन्य गठबन्धन दलका नेताहरुसँग सहमति नजुटाई एक्लैले निर्णय गर्न सक्दैनन् ।
महन्थहरुको सांसद पद गुम्दा देउवालाई पनि सरकार सञ्चालनमा सहज हुने देखिन्छ । एमालेको माधव नेपाल समुह र ओली समुहका बीचमा एकता भएपनि महन्थहरुको पद गुम्दा देउवालाई काँग्रेस, माओवादी र जसपाको पक्ष मात्रै भएपनि करिव बहुमत जुट्ने अवस्था छ । एउटै शर्तमा देउवाले दल विभाजन सम्बन्धी प्रावधान खुकुलो बनाएर अध्यादेश ल्याउन सक्छन् । त्यो हो माधव नेपालहरुले पार्टी विभाजन गर्न खोजे मात्र ।
माधव नेपालले सरकारमा सहभागी हुने गरी एमालेभित्र ओलीसँग छुटिटने निर्णय लिएमा भने सरकारले अध्यादेशमार्फत दल विभाजनको प्रावधान माधव नेपाललाई सहज हुने गरी ल्याईदिन सक्छन् । त्यही मौकामा आफुले पनि दल विभाजन गराउने गरी अर्को दल दर्ताको प्रयास महन्थले गर्न सक्छन् । तर त्यो अहिले नै भन्न सकिने अवस्था छैन् । फेरि त्यसका लागि महन्थले कति दिन कुर्ने र उपेन्द्रले पनि महन्थका पक्षमा लागिरहने जनप्रतिनिधीलाई कति दिन सम्म पर्खने भन्ने विषयमा लिने निर्णयले भर पर्ने देखिन्छ ।
महन्थकै समुहभित्र मतभेद
उपेन्द्र यादवले पार्टीको आधिकारिता पाएसँगै महन्थको समुहभित्रै अन्तरविरोध देखिन थालेको छ । ठाकुर समुहभित्रै नयाँ दल दर्ता गर्ने या जसपाभित्रै रहने भन्नेमा दुईथरी मत देखिन थालेको छ । एकचरण सर्वोच्च्को ढोका घच्घच्याउने र त्यसपछि पनि नभए जनप्रतिनिधीको पद गुमेपनि नयाँ दल दर्ता गरेर जानुपर्ने पक्षमा महन्थ र राजेन्द्र महतो उभिएका छन् । उनीहरु उपेन्द्रसँग आत्मआलोचना गरेर उनलाई अध्यक्ष मानेर उनले अ¥हाई सिकाएका कुरामा नाइनास्ती नगरी आत्मसमर्पण गरेर बस्न नहुने पक्षमा छन् । तर लक्ष्मणलाल कर्ण, शरदसिह्ं भण्डारी लगायतका नेताहरु भने जसपाभित्रै रहेर जे जे भूमिका दिन्छन्, अहिलेलात्यही स्वीकार गरेर भएपनि जनप्रतिनिधीको पद जोगाएर जानुपर्ने पक्षमा उभिएका छन् । यसले महन्थलाई अर्को समस्या निम्ताएको छ । अब उनले कुन बाटो रोज्छन्, महन्थकै काँधमा जिम्मेवारी थपिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
रेशमलाई ५ घण्टा थुनेपछि राज्यले जितेको ठान्यो : महन्थ ठाकुर