डोलेश्वरमा दर्शनार्थीको घुइँचोः निःशुल्क मास्क र स्यानिटाइजर वितरण

रासस

सोमबार, ११ साउन २०७८, २१ : २३
डोलेश्वरमा दर्शनार्थीको घुइँचोः निःशुल्क मास्क र स्यानिटाइजर वितरण

डोलेश्वर। कोरोना महामारीका बेला पनि सूर्यविनायक नगरपालिका–८ स्थित डोलेश्वर मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ । 

साउनको दोस्रो सोमबार डालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आउने भक्तजनको घुइँचो लागेको हो । गत वर्ष लकडाउन भएकाले मन्दिर बन्द भए पनि यस वर्ष मन्दिर खुला गरेपछि दर्शन गर्न जानेको भीड लागेको हो ।

मन्दिर परिसरमा दर्शनार्थीको चाप बढेपछि सगोल युवा समाजले निःशुल्क मास्क तथा स्यानिटाइजर वितरण गरेको छ । मन्दिरमा आउने सबै भक्तजनलाई स्वास्थ्य सामग्री वितरण गरेको समाजका अध्यक्ष प्रदीप थापाले बताए । 

त्यस्तै कोरोना महामारीमा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी, सिपाडोल उपशाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । हरेक सोमबार र शनिबार मन्दिर परिसरमा रक्तदान कार्यक्रम गर्दै आएकोमा आज पनि रक्तदान गरेको उपशाखाका सभापति राकेश थापाले जानकारी दिए । 

मन्दिरमा आउने दर्शनार्थीले रक्तदान गरुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस