हेड काउन्टका लागि निर्वाचन आयोगमा रेशम चौधरी, भन्छन् - ‘नेताहरूसँग कुरा गरेर फैसला गर्छु’

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १४ : ३५
हेड काउन्टका लागि निर्वाचन आयोगमा रेशम चौधरी, भन्छन् - ‘नेताहरूसँग कुरा गरेर फैसला गर्छु’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

CG Developers Tansen Cement box

उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र निर्णय लिने बताए ।

उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र नेताहरूसँग छलफल गरेपछि मात्र निर्णय लिने बताए ।

उनले पहिले उपेन्द्र यादवसँग छलफल गरेर महन्थ ठाकुरसँग छलफल गर्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस