बाढी प्रभावित मेलम्चीका स्थानीयले गरे तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, १३ : २५
बाढी प्रभावित मेलम्चीका स्थानीयले गरे तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग

काठमाडौं । बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले आफूहरुलाई राहत दिने विषयमा चासो नदिएपछि आफूहरु बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस