करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक : मन्त्री खड्का

रासस

सोमबार, ११ साउन २०७८, १३ : १३
करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक : मन्त्री खड्का

कास्की । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार  उनले कर्मचारीलाई करको दायरा बढाउन र  दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् । आगामी बजेट दोब्बर बनाउन  केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताएका थिए । 

कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे पनि जानकारी गराएका थिए । 

समीक्षामा प्रदेशसभा सदस्यहरु ओमकला गौतम, ललितकला गुरुङसहित नीति तथा योजना आयोगका पदाधिकारी, मन्त्रालयका सचिव, कार्यालय प्रमुखको उपस्थिति थियो ।