प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे रामचन्द्र पौडेल

सफल खबर संवाददाता

सोमबार, ११ साउन २०७८, ११ : २१
प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगे रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । 

CG Developers Tansen Cement box

सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् । पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझि फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए ।
 
 

प्रतिक्रिया दिनुहोस