काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।
‘सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि पक्राउ गरेर पठाउन भनेका थियौं’ उनले भने, ‘त्यही आधारमा काठमाडौं ल्याएर अनुसन्धानका लागि ७ दिन म्याद थप गरेका छौं ।’
घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसूरमा छानविन हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० साउन २०७८, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ