काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।
रावलले अध्यक्ष ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेको भन्दै उनले आपत्ति जनाएका हुन् । सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ पनि भनेका छन् ।
रावलले चार बुँदामार्फत भनेका छन् ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’ रावलको प्रश्न छ ।
उनले प्रचण्डलाई आफूहरुलेजस्तै ‘त्याग गर्न तयार हुनुहुन्थ्यो रु भन्ने प्रश्न गरेका छन् । ‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पु¥यायौँ । हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’रावलको प्रचण्डलाई प्रश्न छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० साउन २०७८, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै