टोकियोमा ओलम्पिक खेलकुद प्रतियोगिता शुरु, नेपालका तर्फबाट गौरिका सिंहले गरिन् मार्च पासको नेतृत्व

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, २१ : १९
टोकियोमा ओलम्पिक खेलकुद प्रतियोगिता शुरु, नेपालका तर्फबाट गौरिका सिंहले गरिन् मार्च पासको नेतृत्व

काठमाडौं । जापानको राजधानी टोकियोमा आजबाट ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता औपचारिकरुपमा सुरु भएको छ ।  नेपालका तर्फबाट गौरिका सिंहले उद्घाटन समारोहमा मार्च पासको नेतृत्व गरेकी छन् ।

मार्चपासमा गौरिका र एलेक्सले अग्रपंतिमा रहेर नेपालको झण्डा बोकेका थिए । प्रतियोगिताका केही खेलहरु दुई दिनअघि नै सुरु भएपनि आज खेलको औपचारिक उद्घाटन भने आज भएको छ । सन् २०२० मा नै सम्पन्न हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको थियो ।

यस ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ । 

प्रतिक्रिया दिनुहोस