अनुशासन नमान्नेले नै अहिले अनुशासन भनेर ठूला कुरा गर्ने : हरिबोल गजुरेल

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, १४ : ५३
अनुशासन नमान्नेले नै अहिले अनुशासन भनेर ठूला कुरा गर्ने : हरिबोल गजुरेल

file-photo

काठमाडौं । माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा जारी भएको नेपालको संविधानलाई स्वीकार नै नगरेको आरोप लागएका छन्।

संसदमा प्रधानन्त्री शेरबहादुर देउवालाई बधाइ दिँदै गजुरेलले ओलीले २०४७ सालकै संविधान सम्झेर दुई दुईपटक प्रतिनिधिसभा विघटन गरेको बताए। ओलीले जनआन्दोलनलाई स्वीकार नगर्दा जनमतको पटक पटक अममान गरेको उनले उल्लेख गरे।

‘ओलीेले नयाँ संविधानलाई स्वीकार गनै गर्नुभएन। उहाँ २०४७ सालकै संविधान लिएर हिड्नु भयो, उनले अगाडि भने, ‘नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो। उहाँले २०६३ को आन्दोलनलाई नै स्वीकार गर्नुभएन ।’

नेता गजुरेलले पटक पटक संसद विघटन हुने अवस्थाको अन्त्य गर्नका लागि लामो छलफलपछि धारा ७६ (५) को व्यवस्था गरिएको दाबी गरे। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति लक्षित गर्दै ओली पक्षले नै अहिले ठूलो स्वरमा अनुशासनको कुरा गरेको आरोप लगाए।

उनले भने, ‘पहिलो पटक विघटन हुँदा दलमा छलफल भयो ? पार्टीमा छलफल गर्नुभयो ? पार्टीले बनाएको प्रधानन्त्री दल पार्टीमा छलफल नै नगरी विघटन गर्नु अनुशासन हो ? आफू अनुशासनको पालना नगर्ने, दललाई बेवास्ता गर्ने, लिखित सहमित उल्लंघन गर्ने अघि ठूला कुरा गरेर हुन्छ? जनता लाटा छन् ?’ उनले धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने भनी अदालतले गरेको व्याख्याले जनताको जित भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस