चीनबाट आयो ८ लाख डोज खोप ,थप खोप लिन आज जहाज जाँदै

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १७ : ३८
चीनबाट आयो ८ लाख डोज खोप ,थप खोप लिन आज जहाज जाँदै

काठमाडौं । चीनबाट ८ लाख डोज नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप काठमाडौं ल्याएको हो ।

बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २:०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ ।यो जहाज शुक्रबार दिउँसो काठमाडौं आउने छ ।

जहाज शनिबार पुनः बेइजिङ जाने तालिका छ । सो जहाजले आइतबार थप खोप लिई काठमाडौं आउने छ । नेपालले चीनबाट कुल ४० लाख डोज खोप किनेको हो ।

प्रतिक्रिया दिनुहोस