काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती गरेकाहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने घोषणा गरेका छन्।
बिहीबार पार्टी एकताका लागि बिद्रोही नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका ओलीले शुक्रबार गल्ती गरेका, बाटो बिराएकाहरु मिल्न आएको खण्डमा आफूले आममाफी दिने घोषणा गरेका हुन्।
पुष्पलाल स्मृति दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘गल्ती गरेका, बाटो बिराएका, भड्किएका साथीहरुलाई आग्रह गर्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड। जे सुकै भएको होस्, एम्नेष्टी। आउनुस् मिलेर काम गरौँ।’
त्यसक्रममा उनले पुष्पलाललका विचारहरु पछिल्लो समय जबजले प्रतिनिधित्व गरेको बताएका थिए। उनले आफ्नो जनाआधार बलियो भएको दाबी गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली
‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’: ओली
रिमोटबाट झण्डोत्तलन गर्दै ओलीले गरे ११ औं महाधिवेशन उद्घाटन
सरकारले जेन जेडसँग गरेको सम्झौता कलाविहीन नाटक थियो: ओली
२७ गते सल्लाघारीमा सहभागी हुन केपी ओलीले पठाए पत्र