दाङ । दाङमा लागूऔषध नियन्त्रणका लागि प्रहरीको अभियान तिब्र बनेको छ । जिल्ला प्रहरी प्रमुख भएर आए लगत्तै सुरेशप्रसाद काफ्लेले यो अभियानलाई तिब्र वनाएका हुन् ।
उनले लागू औषध र चोरीमा सलग्न भएको आरोपमा ३ जना घुमुवा प्रहरीलाई निलम्बन गरि हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छन । वितेको एक वर्षमा विभिन्न प्रकारका ३९ किलो लागूऔषध सहित ७६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
वर्षेनी प्रहरीले लागूऔषध बरामद र व्यक्ति पक्राउ गर्दै आएको छ । तर नियन्त्रणमा भने चुनौती झन–झन थपिदै गएको छ । भरिया र सेवनकर्तालाई मात्रै प्रहरीले पक्राउ गर्दा यसको मुख्य कारोबारीसम्म भने प्रहरी पुग्न सकेको छैन् । पक्राउ पर्नेहरूले पनि आफूहरूलाई पैसामा लोभ देखाएर भरिया मात्रै बनेको बताउने गरेको प्रहरीमा बयान दिने गरेका छन् ।
वितेको आर्थिक वर्षमा १५ किलो चरेससहित ६ जना, २१ किलो ८ सय १७ मिलिग्राम अफिमसहित १४ जना, ४ सय ६८ ग्राम ५ सय ८९ मिलिग्राम ब्राउन सुगरसहित ४६ जना, २ किलो ७ सय ३२ मिलिग्राम गाँजा सहित ५ जना र ३ हजार २३ ट्याबलेट नाइट्रोभेटसहित ५ जना पक्राउ परेका छन् ।
उक्त लागूऔषध बरामद र पक्राउ परेका व्यक्तिविरूद्ध ३९ वटा मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । ब्राउन सुगर र अफिम मुद्दामा अझै १२ जना व्यक्ति फरार रहेका छन् । चालु आर्थिक वर्षमा पनि दैनिकजसो प्रहरी लागूऔषध कारोवारीलाई नियन्त्रणमा लिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित दुई जना पक्राउ
लागू औषधसहित दुई युवक पक्राउ
पोखरामा लागू औषधसहित चार जना पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ
लागू औषधसहित एक जना पक्राउ