काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरला अलराउण्डर नेता भएको बताएका छन् ।
वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा वीपीको योगदान अतुलनीय रहेको बताएका हुन् ।
‘वीपी कोइराला अलराउण्डर नेता हो । राजनीतिमा पनि नम्बर वान, साहित्यमा पनि नम्बर वान । वीपी सानो देशको ठूलो मान्छे हुनुहुन्छ’, देउवाले भने ।
वीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै देउवाले वीपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने बताए । ‘वीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्छ । वीपीलाई सम्झना गर्दा पनि हामीले धेरै प्रेरणा पाउछौं’, देउवाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा