लहान । सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् ।
जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा २ ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा जनप्रतिनिधिबीचको झडपमा प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर
सिरहामा बस दुर्घटना, एक जनाको मृत्यु
खडेरीले सिरहामा ५० प्रतिशत खेतमा मात्र धान रोपाई
सिरहामा लागूऔषधसहित तीन पक्राउ
सिरहामा खानेपानीका कार्यालयका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरी हत्या
सिरहामा करेन्ट लागेर युवकको मृत्यु