काठमाडौं । विधिविपरीत सदस्यता बाँडिएको आरोप लगाउँदै कांग्रेसको १० नेताले खबरदारी गरेका छन् । यसलाई समायोजनाको नाममा पार्टी कव्जा गर्ने षडयन्त्र भएको उनीहरुले दावी गरेका छन् । विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने उनीहरुले बताए ।
केन्द्रीय सदस्यहरु डा चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै कांग्रेसका निष्ठावान कार्यकर्ताको आत्मसम्मानमा चोट परेको बताएका छन् ।
‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरेको छ र आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ’, वक्तव्यमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र
केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
कांग्रेसले संसद् पुनर्स्थापनालाई लिएर निवेदन दियो सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको धारणा होइन
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय