चिनी कारोवार व्यवस्थित हुन नसक्दा तीनै पक्ष मार्कामा

पत्रपत्रिकाबाट

शुक्रबार, ३० चैत्र २०७४, ०७ : २३
चिनी कारोवार व्यवस्थित हुन नसक्दा तीनै पक्ष मार्कामा

चिनी कारोवार व्यवस्थित हुन नसक्दा तीनै पक्ष मार्कामाउखु किसानले दुई बर्षदेखि सवा ७ अर्ब रुपैयाँ पाएका छैनन् । ४ महिनायता उधोगीको १ लाख ७० हजार टन चिनी विक्री नभई थन्किएको छ ।

अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्य घट्ने क्रममा रहे पनि उपभोक्ता प्रतिकिलो ८५ देखि ९० रुपैयाँ तिर्न बाध्य छन् ।
यी तथ्यले देखाउँछ चिनी कारोवार व्यवस्थित हुन नसक्दा बर्षौदेखि किसान, उपभोक्ता र व्यवसायी तीनै पक्ष मार्कामा पर्दै आएका छन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालिका अनुसार उखु तौलेर जिम्मा लगाएपछि ३० देखि ४५ दिनभित्र रकम भुक्तानी गर्ने सम्झौता भएको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।

कारवाहीको डरले भुक्तानी
उधोग वाणिज्य तगा आपुर्तिमन्त्री मात्रिका यादवले उधोगीलाई कारवाही गर्न गृहमा पत्राचार गरेपछि किसानले भुक्तानी पाउन गालेका छन् ।
उधोगीले सहमति उल्लंघन गर्दै रकम भुक्तानीमा ढिलाई गरेपछि यादवले कारवाहीका लागि गृह मन्त्रालयमा पाचार गरेका थिए । किसानलाई रकम भुक्तानी नगर्ने उधोगीलाई गिरफ्तार गरी आवश्यक काुननी कारवाही प्रक्रिया अघि बढाउन मन्त्री यादवले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस