जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

पत्रपत्रिकाबाट

शुक्रबार, ३० चैत्र २०७४, ०७ : ११
जुम्लाका मेडिकलमै पाइन्छ लागुऔषध

जुम्ला । जिल्लाका निजी औषधि पसलले लुकिछिपी लागुपदार्थ बेच्ने गरेको पाइएको छ । दुव्र्यसनीमा फसेका धेरै समूहले बाहिरी जिल्लाबाट लागुपदार्थ झिकाएर उपभोग गर्ने गरेको बताइए पनि पछिल्लो समय जिल्लाभित्रकै मेडिकलबाट लागुऔषध किनबेच हुने गरेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मेडिकलहरूले अफिम, कोकिन, हिरोइन तथा ब्राउन सुगरजस्ता प्राणघातक लागुपदार्थ बेच्ने गरेको जुम्लाका डीएसपी डा. तपनकुमार दाहालको भनाइ छ ।

तथ्य प्रमाण भेटिए किनबेच गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने दाहालको भनाइ छ । मेडिकल सञ्चालक तथा लागुपदार्थ प्रयोगकर्ताबीचको मिलेमतोमा लागुऔषध कारोबार हुँदा अनुसन्धान गर्न समस्या भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस