कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १२ : ४२
कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एकको मृत्यु  भएको छ ।  

दोलखाको कुन्जल गाउँपालिका-४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो । 

कीर्तिपुर नगरपालिका-१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदास खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस