एमालेसँग फोरम पनि सशंकित !

पत्रपत्रिकाबाट

शुक्रबार, ३० चैत्र २०७४, ०६ : ५४
एमालेसँग फोरम पनि सशंकित !


सरकारमा सामेल हुने औपचारिक निर्णय गरिसकेको संघीय समाजवादप् फोरम नेपाल सत्ताको प्रमुख घटक एमालेको कार्याशीलीबाट  सशंकित भएको छ ।

एमालेका कारण सरकारमा सहभागी हुन ढिलाई भएका फोरमका नेताहरुले जनाएका छन् । संविधान संशोधनका लागि लिखित सहमति गर्न सरकारले आलटाल गरेको भन्दै फोरमका नेताहरुले एमालेप्रति असन्तुष्टी जनाएका हुन् ।

संविधान संशोधनमा सरकारको लिखित प्रतिवद्धता नआएसम्म पार्टी सरकारमा नजाने फोरमका नेताहरुले प्रस्ट पारेका छन् । एमालेकै कारण पार्टी सरकारमा जान अड्किएको उनीहरुको भनाई छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस