ओलीलाई लाग्यो यसरी धक्का...

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, ०८ : ५१
ओलीलाई लाग्यो यसरी धक्का...

काठमाडौं । सायदै ओलीले सोचेका थिए होलान्, ५ वर्ष नै सरकारको नेतृत्व गर्ने ओलीको सपना क्षणभरमै चकनाचूर हुन्छ र यसरी  सत्तावाट बाहिरिनुपर्छ भन्ने । तर उनी सरकारवाट बाहिरिएका छन् । दुई –दुई पटक जनताको निर्वाचित सस्था संसदलाई आफुले कुर्सी जोगाउन हम्मे पर्दा भंग गरेर संविधान, ब्यवस्थामाथी नै ’मजाक’  सम्झने ओली जनादेशमा पनि कमजोर बनेका छन् । उनकै पार्टी एमालेकै २२ जना नेताले ओलीको शासनलाई मतलव गरेनन् । संसद जोगाउने गरी काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोगी बने ।

आफ्नै पार्टीको अध्यक्ष ओलीसँग एमालेकै नेताहरु ब्यवस्था भड्खालोमा हाल्ने भए भन्ने त्रास रह्यो । यसले पनि ओलीको जनमत कति कमजोर बन्दै गएको रहेछ भन्ने पुष्टि फेरि एकपटक संसदमा भएको छ । संसदमा आफनो कर्मको आलोचना हुने देखेपछि त्यसको सामना सम्म गर्न नसकी वानेश्वरकै खोपीभित्र लुकेर बस्नुपर्ने अवस्था सम्म ओलीका लागि आईपर्छ भन्ने सायदै उनले सोचेका थिए होलान् । तर भएको छ यस्तै । ओलीले आफनो सरकार टिकाउन र सत्तामा लिसा टाँसिएझै टाँस्सिरह्नका लागि अनेक तानाबाना बुने । अन्ततः उनको जोर चलेन, उनी सत्ताबाट बाहिरिनु परेको छ ।

देउवाले ५ वर्ष प्रतिपक्षमा बस्नु पर्ने अवस्थावाट एकै पटक १७ महिनाका लागि सरकारको बागडोर सम्हाल्ने मौका पाएका छन् । यो परिस्थिती निर्माण अरुका कारण निम्तेको होइन । ओलीको अहंम, दम्भ, ब्यक्तिवाद, चरम सत्तालिप्साका कारण निम्तेको हो । आफु बाहेक अरुलाई कहिल्यै नगन्ने, पार्टीका शीर्ष नेताहरुको सम्मान गर्न नजान्ने ओलीको दम्भका कारण चुनावमा जनताले वामगठबन्धनलाई दिएको जनमतको घोर अपमान ओलीले गरे ।

५५ वर्षपछि एक भएको कम्युनिष्ट पार्टी उनकै अहंम र दम्भका कारण फेरि टुक्रिनुपर्ने अवस्था आईलाग्यो । हुँदा हुँदै एमाले बनाउन १५ वर्ष भन्दा लामो समय एमालेको नेतृत्वमा बसेर मिहिन मेहनत गरेका माधव नेपाललाई समेत उनले एमालेभित्रै शरणार्थी नेताको अवस्थामा बस्नुपर्ने भद्दा मजाकको विषय बनाउन खोजे । अन्ततः यसले ओलीको दम्भ र अहंम चकनाचुर भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको हातमा अबको १७ महिना सरकारको बागडोर पुगेको छ ।

५५ वर्षपछि एक भएको कम्युनिष्ट पार्टी उनकै अहंम र दम्भका कारण फेरि टुक्रिनुपर्ने अवस्था आईलाग्यो । हुँदा हुँदै एमाले बनाउन १५ वर्ष भन्दा लामो समय एमालेको नेतृत्वमा बसेर मिहिन मेहनत गरेका माधव नेपाललाई समेत उनले एमालेभित्रै शरणार्थी नेताको अवस्थामा बस्नुपर्ने भद्दा मजाकको विषय बनाउन खोजे । अन्ततः यसले ओलीको दम्भ र अहंम चकनाचुर भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको हातमा अबको १७ महिना सरकारको बागडोर पुगेको छ । ओलीले आफैले विश्वास गरेका उनकै पक्षका ८ जना नेताहरु सम्मले संसदमा देउवालाई विश्वासको मत दिएर ओलीको क्याम्प छोडेका छन् ।

ओलीको कदमलाई भित्री मनमा भएपनि बाहिर बोलेर काट्न नसक्ने दास मनोवृति परेका एमालेका ओली पक्षका नेताहरुले लाजले शिर निहुराईरहेपनि ओलीको अहंम अझै तोडिएको छैन् । ओलीले सत्ताबाट बर्हिगमनमा परेपनि तिकड्मवाजी अझै छोडेका छैनन् । आफैले विघटन गरेको संसदमा त्यसको आलोचनामा हुने सबोधन उनले संसदभित्रै बसेर सुन्ने हिम्मत राखेनन् । जुन देउवाले संसदमा विश्वासको मत लिदाँ आइतबार नयाँ बनेश्वरस्थित संसद भवनमा देखिएको छ ।

संसद बैठक शुरु हुँदै गर्दा ओली नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । तर हलमा उनी गएनन, प्रत्यक्ष देउवा देखि प्रचण्ड, मिनेन्द्र, बाबुरामहरुसम्मको भाषण सुन्ने हिम्मत राखेनन् । त्यसपछि उनी संसद भवनमै रहेको आफ्नै कार्यकक्षमा टहलिरहे । जब मतदानको प्रक्रिया शुरु भयो, त्यसपछि मात्र उनी संसद हलभित्र छिर्ने काम गरे । यसले ओलीमा आलोचना सुन्ने कतिपनि हिम्मत छैन् भन्ने पुष्टि गरेको एमालेकै माधव नेपाल समुहका नेताहरुको टिप्पणी छ । देउवाले प्रधानमन्त्रीको कुर्सी सम्हालेको दिन देखि नै उनले देउवालाई असफल पार्न राष्ट«पतिमार्फत फेरि चालवाजी नगरेका होइनन ।

देउवाको नियुक्तिमा तगारो हाल्न उनले देउवाको नियुक्तिमा राष्ट«पतिको पत्रमा संविधानको धारा नै गायब बनाउन लगाए । राष्ट«पति ओलीको गोटीचाल मात्र बनिदिदा देउवाले नियुक्त गरेका महान्यायधिवक्ता खम्वबहादुर खातीको लागि शितल निवासमा सपथ ग्रहणका लागि ठाँउ सम्म उपलब्ध गराउन दिएनन् । २९ दिनभित्रै शेरबहादुर देउवालाई बालुवाटारबाट फेरि बुढानिलकण्ठ फर्काउने भन्दै ओलीले भित्रभित्र अनेक तिक्डमबाजी नगरेका होइनन् । तर देउवाले संसद खुलेकै दिन संसदमा विश्वासको मत लिन पुगेपछि ओलीको त्यो तिक्डमले पनि काम गरेन । उनले एमालेको माधव नेपाल पक्षका सांसदलाई अनेक प्रलोभन यो बीचमा दिए । माधव नेपाल समुह फुटाउन र देउवालाई नेपाल पक्षका नेताबाट मत नदिनका लागि धम्काउने देखि फकाउने सम्मका काम गरे ।

त्यही प्रयोजनमा भीम रावलको राजीनामा सम्म संसदमा आयो । ओलीका दिनभरका खेलोमेसोले एमालेको माधव नेपाल समहुमा विभाजनको विउ रोपेपनि आफ्नै समुहका नेताहरु गुमिसकेको उनले भेउ पाएनन् । आफनो लंगौटी खुस्किसकेको जब उनले त्यतिबेला पत्तो पाए, नेपाल समुहका जति नेता उनले संसदमा आएर देउवलालार्इ भोट हाल्नबाट रोक्न खोजे, उत्तिनै सांसद आफनो पक्षबाट देउवालाई भोट हाल्न तयार भईसकेको भेउ सम्म पाउन सकेनन् । अन्ततः ८ जना उनी पक्षकै सांसदले देउवालार्इ विश्वासको मत दिए ।

यसले ओली क्याम्पमा खैलाबैला मच्चिएको छ । अहिले ओलीसँग उनकै दास नेताहरुको मात्र जमात देखिएको छ । विवादित र आलोचित पात्रमात्र उनको वरिपरि झुम्मिएका छन् । ओलीको बोलीलाई वाणाी सम्झनेहरुको जमात मात्र ओलीसँग छ । यसले ओलीको पार्टीभित्र व्यत्तिगत फिगर भएका नेताहरुको अब खडेरी देखिन थालेको छ । नेताहरुको नैतिकता, इमान्दारिताको खडेरी ओली समुहमा देखिएको छ ।
संख्यात्मक रुपमा कमजोर देखिएपनि राजनीतिक दुरदर्सिता र एजेण्डामा ओलीको तुलनामा माधव नेपालको शिर धेरै उचो देखिएको छ ।