काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत मोदीले देउवालाई कार्यकालको सफलताको शुभकामना समेत दिएका छन् ।
नागरिक तहको सम्बन्धलाई थप प्रगाढ बनाउँदै देउवा सरकारसँग भारत मिलेर अगाडि बढ्न चाहेको कुरा मोदीले उल्लेख गरेका छन् । साथै, विभिन्न क्षेत्रलाई थप सुद्धढ बनाउने चाहना पनि मोदीले व्यक्त गरेका छन् । देउवाले विश्वासको मत लिएको घोषणा सभामुखले गर्ने केही मिनेटमै मोदीले ट्वीट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ साउन २०७८, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई
नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी
मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
पाँच देशको भ्रमण गर्दै मोदी
विमान खसेको स्थान अहमदाबाद पुगे मोदी, अस्पतालमा घाइतेहरूलाई भेट्दै