काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् ।
सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन् । ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले भनिन् ।
झाँक्रीले निवेदक सांसदले मात्र नभई संस्थागत रुपमै निर्णय गरी एमालेले फ्लोरमै बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने प्रस्तावसमेत गरेकी छन् । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी ९जसपा० र एमालेको माधव समूहका सांसदको साथ आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीमाथि लगाइएका आपराधिक आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ : रामकुमारी झाँक्री
‘विगत र वर्तमानलाई दाँजेर ट्रोल गरे पनि स्वीकार छ’ : रामकुमारी झाँक्री
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
रामकुमारी झाँक्रीको असंगतिपूर्ण राजनीति
ओलीलाई भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू
एकीकृत समाजवादीसँगको अध्याय सकियो , ‘पज’ को अवस्थामा छौं : रामकुमारी झाँक्री