काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपाल प्रति व्यङग गर्दै दश बुँदे सम्झौता अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन् भन्दै कटाक्ष गरेका छन् ।
सामाजिक संजालमा लेख्दै नेता बाँस्कोटाले पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको उदाहरण दिँदै माधवकुमार नेपाललाई त्यसबाट सिक्नुपर्ने उल्लेख गरेका छन् । उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेको स्मरण गराउँदै मिल्नका लागि सुझाव दिएका छन् । ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो’ उनले भनेका छन्,‘यो राजनीती हो, कोही चोइटिएर पार्टी सकिँदैन।’
अब पनि नेपाल पार्टीमा नफर्किए छाडेर अघि बढ्नुको विकल्प नरहेको बताउदै उनले दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।उनले सामाजिक सञ्चालमार्फत् यस्तो भनेका छन्– फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीती हो। कोही चोइटिएर पनि सकिँदैन। देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा