काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपाल प्रति व्यङग गर्दै दश बुँदे सम्झौता अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन् भन्दै कटाक्ष गरेका छन् ।
सामाजिक संजालमा लेख्दै नेता बाँस्कोटाले पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको उदाहरण दिँदै माधवकुमार नेपाललाई त्यसबाट सिक्नुपर्ने उल्लेख गरेका छन् । उनले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टी अनुमोदन गरेको स्मरण गराउँदै मिल्नका लागि सुझाव दिएका छन् । ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो’ उनले भनेका छन्,‘यो राजनीती हो, कोही चोइटिएर पार्टी सकिँदैन।’
अब पनि नेपाल पार्टीमा नफर्किए छाडेर अघि बढ्नुको विकल्प नरहेको बताउदै उनले दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।उनले सामाजिक सञ्चालमार्फत् यस्तो भनेका छन्– फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीती हो। कोही चोइटिएर पनि सकिँदैन। देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब करिब उस्तै भो। राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदै अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु : गोकुल बास्कोटा
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा गलत संस्कार देखियो: गोकुल बास्कोटा
प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक: गोकुल बास्कोटा
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा