प्रदेश २ को सरकारमा माओवादी केन्द्र सहभागी

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, ०८ : ५३
प्रदेश २ को सरकारमा माओवादी केन्द्र सहभागी

काठमाडौं । प्रदेश २ सरकारमा नेकपा (माओवादी केन्द्र) सहभागी हुने भएका छन् । माओवादी केन्द्र सहभागी हुनेभएसँगै दुई जना मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिने मन्त्रीहरूमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुमार सिंह कुशवाहा छन् । माओवादी सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री तथा पार्टीसँगको सल्लाहअनुसार दुवै मन्त्रीले राजीनामा दिएका हुन् ।

देशस्थित माओवादी संसदीय दलका नेता भरत साहको नेतृत्वमा आज माओवादी सरकारमा सहभागी हुने तयारी छ । माओवादीका तर्फबाट साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने सहमति छ ।

प्रतिक्रिया दिनुहोस