काठमाडौं । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय सदस्य एवं कृयाशिल सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमण अत्यन्तै निन्दनीय भएको बताएका छन् ।
शनिबार एक विज्ञप्तिमार्फत घिमिरेले कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने उल्लेख गरेका छन् । ‘महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्राप्त छोटो समय र कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेकोे कृयाशिल सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको बिषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च सह्राहना गरेको पनि प्रवक्ता शर्माले बताएका छन् ।
‘सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य छ’, शर्माले भनेका छन् । छानविन समिति कार्यस्थल गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर सिन्धुपाल्चोकका कार्यकर्ताले घिमिरेमाथि आक्रमण गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ साउन २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन
उपसभामुखलाई पदमुक्त गर्ने तयारीप्रति विश्वप्रकाशको विमति
वन क्षेत्र जोगाउन साझा मत बनाऔँ: विश्वप्रकाश शर्मा
सहमतिभन्दा बाहिर चलिरहे सहकार्यमा दरार आउन सक्ने एमालेलाई विश्वप्रकाशको चेतावनी
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन: विश्वप्रकाश शर्मा
‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ: विश्वप्रकाश