काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशभर भण्डाफोर अभियान चलाउने भएको छ । एमालले अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने जनाएको छ ।
बानेश्वरमा बसेको संसदीय दलको बैठकले अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनातामा अभियानका साथ जाने निर्णय भएको उनले बताए ।
आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुनस्स्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो’ उनले भने, ‘फैसलालाई मान्दामान्दै पनि भण्डाफोर अभियान चलाएर जनतालाई सुसुचित गर्नेछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार