काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशभर भण्डाफोर अभियान चलाउने भएको छ । एमालले अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने जनाएको छ ।
बानेश्वरमा बसेको संसदीय दलको बैठकले अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनातामा अभियानका साथ जाने निर्णय भएको उनले बताए ।
आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुनस्स्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो’ उनले भने, ‘फैसलालाई मान्दामान्दै पनि भण्डाफोर अभियान चलाएर जनतालाई सुसुचित गर्नेछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ साउन २०७८, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस