अर्बुदका विपन्न बिरामीलाई सहयोग गर्दै पूर्वाञ्चल क्यान्सर अस्पताल

रासस

शुक्रबार, ०१ साउन २०७८, १२ : २७
अर्बुदका विपन्न बिरामीलाई सहयोग गर्दै पूर्वाञ्चल क्यान्सर अस्पताल

झापा । विपन्न नागरिक औषधोपचार कोषमार्फत उपलब्ध गराइँदै आएको सहयोग रकम बढाएर रु पाँच लाख पु¥याउनुपर्ने सरोकार पक्षले माग गरेको छ । सरकारले अर्बुद, मिर्गौला र मुटुरोग आदिका उपचारमा  सहयोग गर्दै आएको छ ।

स्थानीय पालिका र स्वास्थ्य सस्थाका सिफारिसका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोषमार्फत हाल रु एक लाखसम्म त्यस्ता बिरामीलाई उपचार सहयोग प्रदान गर्दै आएको छ । “मेरी आमाको पाठेघरको मुखको अर्बुदको उपचार गराइरहेको छु”, चिकित्सकले रु तीन लाख ५० हजार शुरुमै लाग्छ भएको छ ”,स्थानीयवासी लोकचन्द्र श्रेष्ठले भने, “शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र औषधि गर्दै जाँदा खर्च कति लाख पुग्ने हो टुङ्गो हुँदैन । सरकारले रु एक लाख मात्र दिने रहेछ ।”

झापाको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ले बिहीबार विर्तामोडमा आयोजना गरेको ‘अर्बुदको रोकथाम तथा न्यूनीकरण’ विषयक अन्तक्र्रियामा सहभागीले बिरामीका आफन्त मात्र होइन स्वास्थ्यमा सरोकार राख्ने सङ्घसंस्था, सञ्चारकर्मी र चिकित्सकले सरकारले विपन्नलाई उपचारमा सघाउने रकम बढाउनुपर्ने धारणा राखेका छन् ।

पूर्वाञ्चल अर्बुद अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले विपन्न नागरिक उपचार कोषले रु पाँच लाख उपलब्ध गराउने हो भने पीडितले उपचारमा राहत महसुस गर्ने बताए।

“प्रायः बिरामी तेस्रो वा चौथो चरणमा पुगिसकेपछि ढिलो गरेर अस्पतालमा आउछन , त्यस्तो अवस्थामा उपचार निकै जटिल हुन्छ”, उनी भन्छन, “विपन्न बिरामीसँग उपचारका लागि पर्याप्त रकम हुँदैन । अस्पतालका तर्फबाट हामीले सर्जरी निःशुल्क पनि गरिदिने गरेका छौँ । औषधिको स्रोत जुटाउन उहाँहरुलाई मुस्किल पर्ने गरेको छ ।”

अत्याधुनिक प्रविधियुक्त पूर्वाञ्चल अर्बुद अस्पताल स्थापना भएपछि पूर्वी नेपालमा अर्बुदको उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटेको उल्लेख गर्दै विर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बलराम कार्कीले राज्यले अर्बुद्ध जस्तो रोग लागेका नागरिकको उपचारमा सहयोग बढाउन कञ्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे ।

“राज्यले स्वास्थ्य, शिक्षा र रोजगारको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हो, तर त्यसो हुन सकेको छैन”, उनले भने , “अहिले दिइरहेको रु एक लाख रकम अर्बुद्धको उपचारमा थोरै भएको हुँदा बढाएर रु पाँच लाख पु¥याउनु उचित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस